अभिनेत्री वैभवीको सडक दुर्घटनामा निधन

रंग नेपाल २०८० जेठ १० मा प्रकाशित

काठमाडौं । भारतीय अभिनेत्री वैभवी उपाध्यायको कार दुर्घटनामा निधन भएको छ ।

सोमबार हिमाचल प्रदेशमा भएको कार दुघटनामा उनको निधन भएको भारतीय सञ्चार माध्यमले जनाएको छ ।

उनी शो ‘साराभाई भर्सेस साराभाई ’ मा उनको भूमिकाबाट चर्चित थिइन् ।

निर्माता जेडी मजेठियाले वैभवीको मृत्युको खबर सामाजिक सञ्जालमा सेयर गरेका छन् ।

“जीवन धेरै अप्रत्याशित छ । साराभाई भर्सेज साराभाईबाट ‘जस्मिन’ भनेर चिनिने वैभवी उपाध्याय, एक अद्भुत अभिनेत्री र प्रिय साथीको उत्तर (भारत) मा सडक दुर्घटनामा मृत्यु भयो,” उनले एक इन्स्टाग्राम स्टोरीमा लेखेका छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट