चलचित्र ‘मीराः स्याडो अफ अ रेन्बो’ को गीत सार्वजनिक

रंग नेपाल २०८० जेठ २८ मा प्रकाशित

काठमाडौं । नेपाली चलचित्र ‘मीराः स्याडो अफ अ रेन्बो’ को गीत सार्वजनिक भएको छ ।

एक बच्चामा देखिएको अस्वभाविक सजग मानसिक स्थिति (अटिजम) को समस्या र कसैसँगको प्राईभेट सम्बन्धलाई समाजमा देखाउन खोज्ने एक आमाको संघर्षपूर्ण कथामा बनेको चलचित्रको गीतको भिडियोमा प्राकृतिक रुपमा पुरुष र महिला दुवैमा आकर्षित हुने महिलाको कथा देखाईएको छ ।

गीतको भिडियोमा निर्देशक समेत रहेकी अनिता पण्डित र अभिनेत्री सुरविना कार्की अभिनेताद्वय निशान चौहान र कैलाश रावललाई प्रस्तुत छन् । चलचित्रकी निर्देशक पण्डितले सार्वजनिक गीतले यस चलचित्रको अर्को कथा देखाउने बताएकी छन् । यस चलचित्रमा अभिनय र निर्देशनसँगै लेखन पनि पण्डितकै रहेको छ ।

यस चलचित्रमा अनिता, सुरविना, निशान, कैलाशको साथमा रोशनी कार्की र बाल कलाकार आश्वि घिमिरेको मुख्य भूमिकामा रहेका छन् । आश्वि फिल्मसले निर्माण गरेको चलचित्रको रिलिज मिति छिट्टै तोकिने निर्देशक पण्डितले बताएकी छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट