भुवन चैत्य वसुन्धारा फाउन्डेसनको २ वर्षको पुरस्कार एकसाथ प्रदान गरिँदै

रंग नेपाल २०८० साउन ५ मा प्रकाशित

काठमाडौं । ‘भुवन चैत्य वसुन्धारा फाउन्डेसन’ले दुई वर्षको पुरस्कार एकसाथ प्रदान गर्ने भएको छ । उक्त पुरस्कार यही महिना प्रदान गरिनेछ ।

फाउन्डेसनका अध्यक्ष भुवन थापा चन्दले दुई वर्षको छवटा पुरस्कार प्रदान गर्ने निर्णय गरिएको जानकारी दिए । नेपाली कला, संस्कृति, रङ्गमञ्च, गीत, सङ्गीत, साहित्य तथा समाजसेवामा सक्रिय व्यक्तित्वलाई पुरस्कार प्रदान गर्न लागिएको उनले बताए ।

विसं २०७८ को ‘हरिश–भुवन चन्द पुरस्कार २०७८’बाट चलचित्रकर्मी यादव खरेल, ‘चैत्यदेवी पुरस्कार २०७८’बाट सङ्गीतकर्मी गणेश रसिक र ‘चेतनारायण–वसुन्धरा भुसाल पुरस्कार २०७८’बाट अभिनेत्री मिथिला शर्मालाई सम्मान गर्ने निर्णय गरिएको अध्यक्ष चन्दले बताए ।

यस्तै ‘हरिश–भुवन चन्द पुरस्कार २०७९’ चलचित्रकर्मी नीर शाह, ‘चैत्यदेवी पुरस्कार २०७९’ अभिनेता शिव श्रेष्ठ र ‘चेतनारायण–वसुन्धरा भुसाल पुरस्कार २०७९’ अभिनेत्री शर्मिला मल्ललाई प्रदान गर्ने फाउन्डेसनले निर्णय गरेको छ । “यसै महिनाभित्र एक समरोह आयोजना गर्दै घोषणा गरिएका पुरस्कार प्रदान गरिने छन्”, उनले भने । पुरस्कारको राशि जनही रु ५१ हजार रहेको छ । विसं २०७५ मा स्थापना भएको सो फाउन्डेसनले बर्सेनी पुरस्कार प्रदान गर्दैआएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट