साउथ सुपर स्टार रजनीकान्तको ‘जेलर’ हेर्न कर्मचारीलाई बिदा

रंग नेपाल २०८० साउन २४ मा प्रकाशित

काठमाडौं । साउथ सुपर स्टार रजनीकान्त अभिनित चलचित्र जेलरको प्रदर्शनका दिन उनको गृहनगर चेन्नई र बैंगलोर लगायत सहरका कार्यालयका कर्मचारीलाई बिदा दिइएको छ ।

शुक्रबारबाट प्रदर्शन हुन लागेको चलचित्र हेर्न चेन्नई र बैंगलोरका कार्यालयहरूले आफ्ना कर्मचारीहरूलाई बिदा दिएका हुन् ।

यसैगरी, कार्यालयले चलचित्रको पाइरेसीलाई रोक्न कर्मचारीलाई निःशुल्क टिकटसमेत उपलब्ध गराउन लागेको बताइएको छ ।

करिब दुई वर्षपछि रजनीकान्त ठुलो पर्दामा फर्कन लागेका हुन् । आउँदै गरेको फिल्म जेलर रजनीकान्तको १६९ औं फिल्म हो । सोही कारणले फिल्मको नाम पहिले थलाइवा १६९ राखिएको थियो तर पछि फिल्मको नाम बदलेर जेलर राखिएको हो ।

नेल्सन दिलीपकुमार निर्देशित चलचित्रमा रजनीकान्त अवकाश प्राप्त प्रहरीको भूमिकामा देखिने छन् । चलचित्रमा रजनीकान्तसँगै मोहनलाल, ज्याकी श्राफ, तमन्ना भाटिया, शिवा राजकुमार, राम्य कृष्णनलगायत कलाकारको अभिनय रहेको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट