यस्तो आयो ‘महानगर’को ट्रेलर

रंग नेपाल २०८० साउन २४ मा प्रकाशित

काठमाडौं । चलचित्र महानगर (वान नाइट इन काठमाडौं)को ट्रेलर सार्वजनिक भएको छ ।

एक साँझ दुई अपरिचित व्यक्तिको अनायास हुने भेट र त्यसपछिको घट्नाक्रमको कथा रहेको चलचित्रमा अभिनेता कार्म र अभिनेत्री मेनुका प्रधानको मुख्य भूमिका रहेको छ ।

यी दुईका अलावा फिल्ममा अनोज पाण्डे, शोविता अधिकारी, जीवन बराल, परीक्षित विक्रम राणा, चन्द्र पाण्डे, राज पौडेल आदि कलाकारको पनि अभिनय छ । माउन्टेन रिभर फिल्मस् तथा गो विन प्रोडक्सन्ससँगको सहकार्यमा मिडलवे फिल्मस्ले निर्माण गरेको महानगरको लेखन तथा निर्देशन मोहन राईले गरेका हुन् ।

चलचित्रमा नरेन्द्र मैनालीको छायाङ्कन, परीक्षित झाको सम्पादन, किशोर आचार्यको ध्वनि सम्पादन रहेको छ ।

चलचित्रको कार्यकारी निर्माता गोविन्द पराजुली र नवनिधि दाहाल क्रिएटिभ प्रोड्युसर हुन् । चलचित्र आउँदो भदौ ८ देखि देशभर प्रदर्शनमा आउने तयारी छ ।

धेरै पढिएका

पछिल्ला अपडेट