अक्षयकुमारको ओएमजी-२ सय करोड क्लबमा

रंग नेपाल २०८० भदौ ४ मा प्रकाशित

काठमाडौं । बलिउड अभिनेता अक्षयकुमारको फिल्म ओएमजी-२ सय करोड क्लबमा प्रवेश गरेको छ ।

अर्को फिल्म गदर-२ ले भारतीय बक्स अफिसमा राज गरिरहेका बेला ओएमजी- २ ले पनि दर्शकको राम्रो साथ पाइरहेको छ । ओएमजी-२ ले शनिबार १० करोड ५३ लाख भारु कमाई गरेसँगै अहिलेसम्म १०१.६१ करोड कमाई गरेको हो ।

फिल्मले शुक्रबार ६.०३ करोड, बिहीबार ५.५८ करोड, बुधबार ७.२० करोड, मंगलबार १७.१० करोड कमाई गरेको थियो । त्यस्तै फिल्मले पहिलो दिन शुक्रबार १०.२६ करोड कमाई गरेको थियो भने शनिबार १५.३० करोड, आइतबार १७.५५ करोड र सोमबार १२.०६ करोड कमाई गरेको थियो ।

एकैदिन रिलिज भएको गदर-२ ले भने अहिलेसम्म तीन सय करोडको आँकडा पार गरिसकेको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट