यस्तो आयो ‘पशुपति प्रसाद २ः भष्मे डन’को टिजर

रंग नेपाल २०८० भदौ ५ मा प्रकाशित

काठमाडौं । दिपेन्द्र के खनाल निर्देशित फिल्म ‘पशुपति प्रसाद २ः भष्मे डन’को टिजर सार्वजनिक भएको छ।

मंगलबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्मको टिजर सार्वजनिक गरिएको हो । टिजरमा अभिनेता विपीन कार्कीलाई भष्मे डनको अवतारमा प्रस्तुत गरिएको छ ।

टुकी आर्टस् ब्यानरमा निर्माण भएको फिल्ममा विपीन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, वर्षा सिवाकोटी, प्रकाश घिमिरे, रविन्द्र सिंह बानियाँ, सजन थापा मगर, प्रकाश दाहाल, विशु पौडेल, माओत्से गुरुङ, लोकेन्द्र लेखक, विशाल पहारी, घनश्याम जोशीलगायत कलाकारको अभिनय छ । फिल्म आगामी दशैंको फूलपातीदेखि प्रदर्शनमा आउनेछ ।

धेरै पढिएका

पछिल्ला अपडेट