न्यौपानेका दुई कृति सार्वजनिक

रंग नेपाल २०८० भदौ १० मा प्रकाशित

काठमाडौं । कवि रामचन्द्र न्यौपाने ‘वनवासी’ का दुई कृति ज्ञानक्रान्ति (महाकाव्य) र भक्तिसागर (स्तुतिकाव्य) सार्वजनिक गरिएका छन् ।

सिसार साहित्य परिवारको आयोजनामा भएको कार्यक्रममा महात्मा दीपकजी, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, पद्मकन्या बहुमुखी क्याम्पस संस्कृत, पत्रकारिता र हिन्दी विभागका पूर्व विभागीय प्रमुख ज्ञाननिष्ठ ज्ञवालीलगायत स्रष्टाले संयुक्त रूपमा दुवै कृतिको लोकार्पण गरे । कार्यक्रममा महात्मा दीपकजीले तत्वज्ञान प्राप्तिका लागि दुवै कृति सहयोगीसिद्ध हुने विश्वास व्यक्त गरे ।

कृतिको समीक्षा गर्नुहुँदै वाल्मीकि विद्यापीठका प्राचार्य प्रा डा भागवत ढकाल, कवि सीता भट्टराई र पूर्व प्रशासक कृष्णचन्द्र घिमिरेले आध्यात्मिक भावना व्यक्त गरिएका दुवै कृति पठनीय रहेको बताए ।

कार्यक्रममा कवित्रय प्रभा भट्टराई, लक्ष्मी घिमिरे र स्वस्तिक ढकालले लोकार्पण गरिएका कृतिका रचना वाचन गरेका थिए । ज्ञानक्रान्ति महाकाव्य शार्दुलविक्रीडितलगायत शास्त्री छन्दमा लेखिएको छ । ज्ञानक्रान्ति र भक्तिसागरको प्रकाशन कवि न्यौपानेकी श्रीमती शान्तिदेवीले गरेकी हुन् ।

धेरै पढिएका

पछिल्ला अपडेट