राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान दैलेखको ८औँ साधारण सभा सम्पन्न

रंग नेपाल २०८० भदौ १९ मा प्रकाशित

दैलेख । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान दैलेखको साधारण सभा सम्पन्न भएको छ ।

प्रतिष्ठानका अध्यक्ष यामराज विष्टको अध्यक्षता र नारायण नगरपालिकाका कार्यबहाक अध्यक्ष तप्ता थापाको प्रमुख आतिथ्यतामा सोमबार ८औँ साधारणसभा सम्पन्न भएको हो ।

कार्यक्रममा दैलेखका १ जना स्रष्टा र कार्यक्रममा सहयोग गर्ने १ जनालाई सम्मान गरिएको छ । कार्यक्रममा उद्योग वाणिज्य संघ दैलेखका महासचिव प्रकाश पौडेल, लोक तथा दोहोरी गीत प्रतिष्ठान दैलेखका संस्थापन अध्यक्ष लोकेन्द्र कुमार जी.सी.,पत्रकार अमर सुनार लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको समापनमा बोल्दै अध्यक्ष यामराज विष्टले लोक तथा दोहोरी गीत प्रतिष्ठानले दैलेखमा धेरै राम्रा काम गर्ने लागेकोले सबैले साथ र सहयोग दिनुपर्ने बताए ।

धेरै पढिएका

पछिल्ला अपडेट