ओटीटीमा आयो रजनीकान्तको ‘जेलर’

रंग नेपाल २०८० भदौ २१ मा प्रकाशित

काठमाडौं । साउथ सुपर स्टार रजनीकान्त अभिनित फिल्म ‘जेलर’ डिजिटल प्लेटफर्म ओटीटीमा रिलिज भएको छ ।

एक महिना अघि हलमा रिलिज भएको ‘जेलर’ आज अमेजन प्राइममा रिलिज भएको हो ।

नेल्सन दिलीपकुमारले निर्देशन गरेको फिल्ममा रजनीकान्तसँगै तमन्ना भाटिया, मोहनलाल, शिव राजकुमार, ज्याकी श्राफ, राम्या कृष्णन, सुनिल, विनायकन, बसन्थ रवि, योग बाबुललगायत कलाकारको अभिनय छ ।

रजनीकान्तको फिल्मले बक्स अफिसमा राम्रो कमाइ गरेको छ । फिल्मले ५ सय करोडभन्दा बढी कमाइ गरिसकेको छ ।

जेलर रिलिज भएको दिन भारतका चेन्नई, बैंग्लोरलगायतका सहरमा कर्मचारीलाई बिदा समेत दिइएको थियो । दक्षिण भारतमा रजनीकान्तको निकै क्रेज छ ।

धेरै पढिएका

पछिल्ला अपडेट