‘दिमाग खराब’को पहिलो गीत ‘बिरानो मुलुक’ सार्वजनिक

रंग नेपाल २०८० असोज ४ मा प्रकाशित

काठमाडौं । आगामी कार्तिक २४ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘दिमाग खराब’को पहिलो गीत सार्वजनिक गरिएको छ । बुधबार संविधान दिवसको अवसर पारेर फिल्ममा समावेश लिरिकल गीत ‘बिरामी मुलुक’ सार्वजनिक गरिएको हो ।

फिल्मको सार्वजनिक लिरिकल गीतमा जयन जे वाइवाको शब्द, संगीत तथा स्वर रहेको छ ।

फिल्म आर्टस र ब्ल्याक हर्स पिक्चर्सको संयुक्त निर्माण रहेको फिल्ममा आकाश बरालको लेखन छ । निश्चल बस्नेतको निर्देशनमा निर्माण भएको फिल्म ‘दिमाग खराब’मा दयाहाङ राई, खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, अर्पण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी आरएल सिंह आदिको अभिनय छ ।

धेरै पढिएका

पछिल्ला अपडेट