अभिनेता अनमोल केसी रिहा

रंग नेपाल २०८० असोज १४ मा प्रकाशित

काठमाडौं, १४ असोज । अभिनेता अनमोल केसी रिहा भएका छन् । ठगीको आरोपमा पक्राउ परेका केसी हाजिरी जमानीमा रिहा भएका हुन् ।

काठमाडौं जिल्ला अदालतले उनीमाथि अनुसन्धान गर्न दिएको तीन दिन समय आज सकिएपछि उनी रिहा भएका हुन् ।

फिल्म निर्माता सुप्रिया कुटुवालले आफ्नो चलचित्र ‘रावायण’ का लागि दश लाख लिएर काम नगरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् । उजुरी परेपछि अनमोललाई प्रहरीले शुक्रबार बेलुका साँगाबाट पक्राउ गरेको थियो ।

धेरै पढिएका

पछिल्ला अपडेट