फिल्म ‘हात्तीछाप’को पोस्टर सार्वजनिक

रंग नेपाल २०८० असोज १६ मा प्रकाशित

काठमाडौं । फिल्म ‘हात्तीछाप’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।

सोमबार निर्माण टिमले फिल्मको दुई पोस्टर सार्वजनिक गरेको हो । सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकार दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, बुद्धि तामाङ, विल्सनविक्रम राई, विजय बराल देखिएका छन् ।

सिमोस सुनुवारको निर्देशन, प्रदीप भारद्वाजको लेखन रहेको फिल्ममा अन्य कलाकार कमलमणि नेपाल, राजन खतिवडा, पुष्कर गुरुङ, प्रकाश घिमिरेलगायत छन् । फिल्म माघ २६ गतेदेखि प्रदर्शन हुनेछ ।

धेरै पढिएका

पछिल्ला अपडेट