चलचित्र ‘तेल भिसा’मा अभिनय गर्ने कलाकारको टुंगो लाग्यो

रंग नेपाल २०८० मंसिर १२ मा प्रकाशित

काठमाडौं । शंकर घिमिरेको लेखन तथा निर्देशनमा बन्ने तेल भिसा सिनेमाले कलाकारको अन्तिम टुंगो लगाएको छ । कलाकारसँगै सिनेमाले रिलिज मितिसमेत घोषणा गरेको छ ।

सिनेमामा विपिन कार्की, वर्षा राउत, गौरी मल्ल, ऋचा घिमिरे तथा बुद्धि तामाङको प्रमुख भूमिका रहेको छ । विनोद पौडेल, अदिति खरेल र रमेश चौलागाईं सिनेमाका निर्माता हुन् ।

सिनेमा नेपालसहित डायस्पोरामा आगामी वर्ष भदौ २८ गते एकसाथ रिलिज हुनेछ । सेभेन सिज इन्टरमेन्ट र वेल डन क्रियसनको संयूक्त निर्माण रहेको सिनेमा चैतको दोश्रो साताबाट फ्लोरमा जानेछ ।

तेल भिसाले डायस्पोरामा नेपाली जाने र त्यतै स्थापित हुनेक्रमको नेपाली समाजको बदलिदो स्थितिलाई आफ्नो कथावस्तु बनाएको छ । सुशन प्रजापतीले खिच्ने सिनेमालाई रिच इन्टरटेन्मेन्ट र एफ डी कम्पनीले वितरण गर्नेछ ।

धेरै पढिएका

पछिल्ला अपडेट