सुनको मूल्य हालसम्मकै उच्च, तोलाको कति पुग्यो ?

रंग नेपाल २०८० मंसिर १३ मा प्रकाशित

काठमााडौं । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य एकैदिन १६ सयले बढेर हालसम्मकै उच्च मूल्यमा कारोबार भइरहेको हो । आज छापावाल सुन प्रतितोला एक लाख १९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, तेजावी सुन प्रतितोला प्रतितोला एक लाख १८ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्यले पनि नयाँ कीर्तिमान बनाएको छ । चाँदी १ हजार ५२० रुपैयाँमा कारोबार भइरहेको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट