चलचित्र ‘दयारानी’को अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार सेभेन सिजले किन्यो

रंग नेपाल २०८० मंसिर १५ मा प्रकाशित

पोखरा । चलचित्र ‘दयारानी’को अर्न्तराष्ट्रिय प्रदर्शन अधिकार बिक्री भएको छ । अभिनेता माओत्से गुरुङको डेव्यु निर्देशकीय रहेको दयारानीको विदेश प्रदर्शन अधिकार सेभेन सिज इन्टरटेनमेन्टले खरिद गरेको हो ।

निर्माण कम्पनी बाँसुरी फिल्मस् र सेभेन सिज इन्टरटेनमेन्टबीच फिल्म रिलिजलाई लिएर औपचारिक रुपमा लिखित सम्झौता भएको थियो । अभिनेता दयाहाङ राई र अभिनेत्री दीया पुनको मुख्य भुमिका रहेको फिल्म ‘दयारानी’को आगामी माघ २६ गतेबाट प्रदर्शन हुनेछ ।

फिल्ममा दयाहाङ र दीयाका अलावा विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घलेलगायतका कलाकारको पनि अभिनय छ । बाँसुरी फिल्मस् र माओत्से फिल्मस्को ब्यानरमा निर्मित फिल्मलाई शैलेन्द्र ध्वज कार्कीको खिचेका हुन् । गुरुङ समुदायमा दयालु यूवतीलाई ‘दयारानी’ भन्ने गरिन्छ । फिल्ममा अभिनेत्री दीया पुनलाई दयालु युवतीको रुपमा प्रस्तुत गरिएको छ ।

मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चरको सहकार्यमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता रामबाबु गुरुङ र अपिल विष्ट हुन् । फिल्मको कास्टिङ डारेक्टर मणिराम पोखरेल हुन् । फिल्मलाई नेपालमा प्रचण्डमान श्रेष्ठको कम्पनि टिफल्क फिल्मस्ले वितरण गर्नेछ ।

धेरै पढिएका

पछिल्ला अपडेट