काठमाडौं । चलचित्र ‘नम्बरी सुन’को नयाँ गीत ‘तिमी वर म पीपल‘’ सार्वजनिक गरिएको छ । यो गीतमा प्रताप दास र अनु चौधरीको स्वर रहेको छ । गीतमा अर्जुन पोखरेलको शब्द र संगीत रहेको छ । गीतमा आदेश गुर्माचनको एरेन्ज, नरेश बीबीसीको मिक्सिङ र मास्टरिङ छ ।
यो गीतको भिडियोमा रामजी लामिछानेको कोरियोग्राफी गरेका छन् । यो चलचित्रका मुख्य कलाकार गौरव पहारी र नम्रता सापकोटाले अभिनय गरेका छन् । गीतको भिडियोलाई ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको छ ।
गीतमा यी दुईको अभिनय आकर्षक छ । गीतको भिडियोमा मानकृष्ण महर्जनको छायांकन, मनोरञ्जन श्रेष्ठको कलर रहेको छ । चलचित्र आगामी माघ १९ गतेबाट रिलिज हुने भएको छ ।