चलचित्र ‘राजमहल’को निर्माण घोषणा

रंग नेपाल २०८० पुष ६ मा प्रकाशित

काठमाडौं । नेपाली चलचित्र ‘राजमहल’को निर्माण घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा एक समारोहबीच यो सिनेमाको निर्माण घोषणा गरिएको हो ।

यो चलचित्रमा चलचित्रमा रमेश उप्रेती, आँचल शर्मा, सलोन बस्नेत, सिम्रन पन्त, मिसपवी सरोज खनाल, मिथिला शर्मा, अर्जुन श्रेष्ठलगायतको मुख्य भूमिका यो चलचित्रमा रहने छ । चलचित्रमा रेशम गुरुङ, अजय कुमार रोका, अजय लामा, दिनेश सिग्देल, पूजा भण्डारीलगायतका कलाकार पनि रहने कार्यक्रममा जानकारी गराईयो । पुरुषोत्तम प्रधानले खिच्ने यो चलचित्रमा अर्जुन पोखरेललगायतको संगीत रहने छ ।

यो चलचित्रलाई सबिन कुमार तोलाङ्गीले निर्देशन गर्दैछन् । करिब चार करोड बजेटमा बन्ने भनिएको चलचित्रको माघ पहिलो साताबाट छायाँकन सुरु गरिने छ । अष्ट्रेलियाबाट छायांकन सुरु गर्दै न्युजिल्यान्ड सम्म पुगेर छायाँकन सम्पन्न गर्ने निर्देशक तोलाँगीले बताए । चलचित्रको ७० प्रतिशत छायांकन भने नेपालमा गरिने छ ।

निर्देशक समेत रहेका ऋषि लामिछाने कार्यकारी निर्माता रहेको राजमहलका मुख्य निर्माता शोभा श्रेष्ठ र यश बहादुर गुरुङ्ग रहेका छन भने अन्तर्राष्ट्रिय निर्मातामा अनिल पाण्डे र प्रिन्स युबराज कार्की जोडिएका छन । त्यसैगरी सह–निर्मातामा साहिल श्रेष्ठ, झगेन्द्र धिमाल र माधव गहतराजले अष्ट्रेलिया तर्फबाट सहकार्य गरेका छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट