नेपाली सिरिज ‘खेल’को शुभमुहूर्त

रंग नेपाल २०८० पुष १२ मा प्रकाशित

काठमाडौं । नेपाली सिरिज ‘खेल’ को शुभमुहूर्त गरिएको छ । काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा सिरिजका निर्देशक, कलाकार तथा प्राविधिकको उपस्थितिमा क्यामरा र स्क्रिप्ट पूजा गरिएको हो ।

अनुराग प्रधानले निर्देशन गरेको सिरिजमा अभिनेतृ सुरक्षा पन्त प्रमुख कलाकारका रूपमा देखिनेछन् । पन्तसँगै भोला सापकोटा, सरिता गिरी, मोनिका थापा, समापिका गौतम, हेना नगरकोटी, यमप्रसाद ओलीलगायतको अभिनय रहने छ । सिरिज काठमाडौंभित्र करिब एक महिना छायाङ्कन हुने छ ।

पौराणिक र अध्यात्ममा आधारित यो सिरिजमा चार जना साथीको कथा रहने छ । संसारभर बोलीचालीमा जुनसुकै भाषा प्रयोग हुने भए पनि चलचित्रको कुनै भाषा नहुने भएकाले ‘खेल’लाई विश्वका सबैले हेर्न सक्ने प्रधानले बताए ।

यस सिरिजका निर्माता आशिषराज महर्जन र लेविसराज महर्जन हुन् भने सहनिर्माता कुनाल गुरुङ छन् । निर्माता आशिषको कथामा निर्देशक प्रधानले पटकथा लेखेका छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट