सलमान खानको टाइगर-३ ओटिटीमा रिलिज

रंग नेपाल २०८० पुष २३ मा प्रकाशित

मुम्बई । सलमान खानका फ्यानहरुका लागि खुसीको खबर आएको छ । सलमान खान र कट्रिना कैफको एक्शन प्याक स्पाई थ्रिलर टाइगर-३ डिजिटल प्लेटफर्ममा स्ट्रिम गरिएको छ । अब दर्शकले घरमै बसेर फिल्म हेर्न सक्नेछन् । फिल्म अमेजन प्राइममा स्ट्रिम गरिएको छ ।

सलमान खान आफैले यसको घोषणा गरेका छन् । फिल्मको पोस्टर सेयर गर्दै उनले लेखेका छन्, ‘तयार हुनुहोस, टाइगर आउँदै छ । प्राइम भिडियोहरूमा मात्र हेर्नुहोस् ।’

यो फिल्म नोभेम्बर २०२३ मा रिलिज भएको थियो । फिल्मले बक्स अफिसमा राम्रो प्रतिक्रिया पाएको छ । यशराज फिल्म्सले निर्माण गरेको यो चलचित्रलाई मनिष शर्माले निर्देशन गरेका हुन् । यो टाइगर सिरिजको तेस्रो किस्ता हो । यसअघि ‘एक था टाइगर’ र ‘टाइगर जिन्दा है’ रिलिज भएका थिए। दुबै फिल्मलाई फ्यानहरुले निकै रुचाएका थिए ।

टाइगर–३ मा सलमान खानका अलावा कट्रिना कैफ, इमरान हाश्मी, रिद्धि डोग्रा पनि महत्वपूर्ण भूमिकामा छन् । बक्स अफिस कलेक्शनको कुरा गर्ने हो भने फिल्मले घरेलु बजारमा २८२.७९ करोडको व्यापार गरेको थियो भने ४६४करोडको विश्वव्यापी संकलन गरेको थियो ।

धेरै पढिएका

पछिल्ला अपडेट