रेखा थापालाई पुत्रीलाभ

रंग नेपाल २०८० फागुन ११ मा प्रकाशित

काठमाडौं । अभिनेत्री रेखा थापालाई पुत्रीलाभ भएको छ । अभिनेत्री रेखाले आफूलाई पुत्रीलाभ भएको जानकारी दिएकी छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले आफूलाई पुत्रीलाभ भएको जानकारी दिएकी हुन् । अमेरिकामा छोरीलाई जन्मदिएकी उनले नवजात छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेको उल्लेख गरेकी छन् । ‘हेर आकाशमा कालो बादल वरिपरी चादिको घेरा छ, हेर धर्तीमा तिमी जन्मनको महान कारण छ । वैभवी राज्यलक्ष्मी शाही ठकुरी’, उनले लेखेकी छन् ।

उनले अमेरिकास्थित कोलोराडोको एक अस्पतालमा शुक्रबार पहिलो सन्तानको रूपमा छोरीलाई जन्म दिएकी हुन् ।

धेरै पढिएका

पछिल्ला अपडेट