‘डन ३’मा छैनन् शाहरुख खान

रंग नेपाल २०८० फागुन १२ मा प्रकाशित

काठमाडौं । फिल्म ‘डन’का साथ सन् २००६ बाट सुरु भएको डन फ्रेन्चाइजीको पहिलो दुई भागमा शाहरुख खानले ‘डन’को भूमिका निभाए । तर, अब निर्माता रितेश सिधवानी र फरहान अख्तरले ‘डन ३’मा रणवीर सिंहलाई ‘डन’को भूमिकामा अनुबन्ध गरेका छन् ।

शाहरुख पछि डन फ्रेन्चाइजीलाई रणवीर सिंहले अगाडि बढाउँदैछन् । फरहान अख्तरको निर्देशनमा बन्ने ‘डन ३’ मा रणवीरका साथ अभिनेत्री कियारा आडवाणीको आधिकारिक रुपमै प्रवेश भइसकेको छ ।

सुटिङका लागि तयारी अवस्थामा रहेको यो फिल्मलाई अहिलेसम्मकै सबैभन्दा ठूलो एक्सन फिल्म बनाउन निर्देशक फरहानले कुनै कसर बाँकी राखेका छैनन् । फिल्म ‘डन ३’ हालसम्मकै सबैभन्दा महंगो डन फ्रेन्चाइजी पनि हुनेछ ।

‘शाहरुख खानका साथ डन १ र डन २ राम्रो बजेटमा बनाइएको थियो । तर ‘डन ३’ लाई फरहान एक वैश्विक फिल्म बनाउँदैछन् । डन ३ को उद्देश्य केवल भारतका एक्सन फिल्मसँग प्रतिष्पर्धा गर्नु होइन, यसको लक्ष्य विश्वस्तरमा प्रतिष्पर्धा गर्नु रहेको निर्देशकले बताउँदै आएका छन् ।

डन ३ लाई एक वैश्विक एक्सन थ्रिलर बनाउनमा फरहान जुटिरहेका छन् । नयाँ युगमा फ्रेन्चाइजीको नेतृत्व गर्नका लागि रणवीर सिंहभन्दा अन्य उत्कृष्ट कलाकार कोही हुन सक्दैनन्’, फिल्म निकट स्रोतले भनेको छ ।

‘डन ३’को बजेट २ सय ७५ करोड भारु हुनेछ । यसमा प्रिन्ट र प्रमोसन खर्च जोडिएको छैन । ‘फिल्ममा एक्सनको परिकल्पना यसरी गरिएको छ कि डन ३ स्पाई युनिभर्सको अगाडि उभिएको छ । यद्यपि, जुन कुरा डन ३ लाई भारतका अन्य एक्सन फिल्मभन्दा अलग गरिन्छ, त्यो नायक हो, जसमा नेगेटिभ एलिमेन्टस् पनि छ’, स्रोतले भनेको छ ।

फिल्म सन् २०२५ मा रिलिज हुनेछ ।

धेरै पढिएका

पछिल्ला अपडेट