विराज भट्टको ‘१२ गाउँ’मा ‘साहो’ भिलेन कनिज

रंग नेपाल २०८० फागुन १९ मा प्रकाशित

काठमाडौं । अभिनेता विराज भट्टको निर्देशन रहने फिल्म ‘१२ गाउँ’को खलनायकमा कनिज कोइराला अनुबन्धित भएका छन् ।

‘इन्टरनेशनल म्यानहन्ट नेपाल–२००९’ सँगै पहिलो नेपाली ग्ल्याडरक्स मोडलसमेत रहेका कनिजले ‘बाहुबली’ फेम प्रभासको ‘साहो’ तथा दक्षिण भारतीय तेलुगू अभिनेता अधवी शेषको ‘गोडाचरी’ मा खलनायकको भूमिकामा अभिनय गरिसकेका छन् ।

उनले अभिनेता विराजसँग भोजपुरी फिल्म ‘वध’मा मुख्य खलनायकको भूमिकामा अभिनय गरेका थिए । कनिजले यसअघि नेपाली फिल्म ‘आँधीतुफान २’मा अभिनय गरिसकेका छन् ।

यसै साता यो फिल्मको नायिकामा ‘मिस नेपाल इन्टरनेशनल–२०२२’ न्यान्सी खड्का अनुबन्धित भएकी थिइन् ।

चैतको दोस्रो साताबाट फ्लोरमा जाने फिल्ममा विराजको अभिनयसमेत हुनेछ । यही फिल्मबाट विराज पुत्र समीर डेब्यू गर्दैछन् । हाल यो फिल्म प्रि प्रोडक्सनमा छ ।

सन्तोष सरकारको कथा तथा पटकथा फिल्ममा छ । सन् २०२४ मै रिलिज हुने फिल्म विराजको होम प्रोडक्सन कम्पनी विराज भट्ट फिल्म प्रोडक्सन कम्पनीको ब्यानरमा निर्माण हुँदैछ ।

धेरै पढिएका

पछिल्ला अपडेट