‘दान्भी’को प्रदर्शन मिति तोकियो

रंग नेपाल २०८० फागुन २५ मा प्रकाशित

काठमाडौं । महाशिवरात्री तथा अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर फिल्म ‘दान्भी’ले आउँदो वर्षको जेठ १० गतेलाई प्रदर्शन मिति तोकेको छ ।

रुपेश तामाङको निर्देशन रहेको फिल्म जेठ १० गते बुद्ध जयन्तीको सार्वजनिक बिदासमेत भएकाले फिल्म बिहिबारबाट नै रिलिज हुनेछ । एक्सनप्रधान यो फिल्ममा अभिनेत्री पूजा शर्मा केन्द्रिय भूमिकामा छिन् ।

फिल्ममा पूजाको जोडीको रुपमा कुन्साङ बोमजमले अभिनय गरेका छन् । फिल्ममा किरण श्रेष्ठको पनि मुख्य भूमिका छ ।
फिल्मको छायांकन नेपाल र भारतमा गरिएको छ । देव मगर, अनुप गडाल निर्माता रहेको यो फिल्ममा पवन राना मगर कार्यकारी निर्माता छन् । फिल्ममा कमला लिम्बु, पन्चबहादुर तामाङ र आदर्श पौडेल सह–निर्माता छन् ।

प्रेमकथाका फिल्ममा मात्र देखिने पूजा पहिलोपटक ‘दान्भी’ मार्फत एक्सन फिल्ममा देखिँदैछिन् ।

धेरै पढिएका

पछिल्ला अपडेट