केकी अधिकारीको ‘बोक्सीको घर’को टिजर सार्वजनिक

रंग नेपाल २०८० फागुन २६ मा प्रकाशित

काठमाडौं । अभिनेत्री केकी अधिकारीको निर्माण र अभिनय रहेको फिल्म ‘बोक्सीको घर’को टिजर सार्वजनिक भएको छ । नारी दिवस तथा महाशिवरात्रीको अवसर पारेर फिल्मको टिजर शुक्रबार रिलिज गरिएको हो ।

फिल्म ८ वर्षअघि मञ्चन भएको नाटक ‘बोक्सीको घर’माथि रहेर निर्माण गरिएको छ । अभिनेत्री तथा निर्मात्री केकीले सामाजिक थ्रिलर जनरामा निर्माण भएको फिल्मले समाजमा प्रचलित कुप्रथालाई चित्रण गर्ने बताइन् ।

महिलालाई बोक्सीको आरोप लगाई समाजले उनीहरूमाथि गर्ने शोषणको वरिपरि रहेर फिल्म निर्माण भएको हो ।

केकी अधिकारी फिल्म्सको प्रस्तुतीमा निर्माण भएको फिल्म नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शन गर्नुका साथै अन्तर्राष्ट्रिय महोत्सवमा समेत लैजाने योजनामा केकी छिन् । सुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्ममा निर्माताका रुपमा केकीका बाबु बद्री अधिकारी रहेका छन् । यस्तै, कार्यकारी निर्माता राज घिमिरे हुन् ।

फिल्ममा केकीका अलवा सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोलालगायतको अभिनय छ ।

लोचन रिजालको ब्याकग्राउण्ड म्युजिक रहेको फिल्ममा शिवराम श्रेष्ठको छायांकन र लोकेश बज्राचार्यको सम्पादन छ । टिफल्क फिल्म्सले फिल्मको वितरण अधिकार लिएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट