‘रुमानी रङ’का लागि अष्ट्रेलियामा अडिसन

रंग नेपाल २०८० फागुन २७ मा प्रकाशित

काठमाडौं । अभिनेता धिरज मगर र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका रहने फिल्म ‘रुमानी रङ’का लागि अष्ट्रेलियामा विदेशी कलाकारको छनोट गरिने भएको छ ।

फिल्मका लागि अष्ट्रेलियाको लाइन प्रोड्युसर कम्पनी डीब्वाइज इन्टरटेनमेन्टले अष्ट्रेलियामा त्यहाँकी अभिनेत्रीका लागि अडिसन हुने जनाएको छ । सोही अडिसनमा अन्य पाँच विदेशी कलाकार पनि छानिने छन् । कम्पनीका अनुसार अडिसनका लागि हालसम्म २ सय १६ जना अष्ट्रेलियन नागरिकले अनलाइनमार्फत आवेदन दिएका छन् । यो संख्याबाट उत्कृष्ट १० छनोट गरी त्यसबाट एक अभिनेत्री छनोट गरिनेछ ।

जीएम ठकुरीको प्रस्तुति र निर्माण रहने फिल्ममा अनिल योञ्जनको पटकथा, संवाद र निर्देशन रहनेछ ।

ग्लोबल मिडियाले निर्माण गर्न लागेको ‘रुमानी रङ’मा आविस्का बहुसञ्चार प्रालिले निर्माणमा सहकार्य गर्दैछ । फिल्मलाई नेपालमा काफिया फिल्मस् र कुबेर सिने फिल्मस्ले प्रदर्शन गर्नेछ ।

धेरै पढिएका

पछिल्ला अपडेट