‘पुजार सार्की’को मैतबहादुर लुक्समा प्रदीप

रंग नेपाल २०८० फागुन २७ मा प्रकाशित

काठमाडौं । अभिनेता प्रदीप खड्काको आइतबार परेको जन्मदिनको अवसर पारेर फिल्म ‘पुजार सार्की’मा रहेको उनको ‘मैतबहादुर’ लुक्स सार्वजनिक गरिएको छ ।

आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह अभिनीत फिल्म हाल छायांकन भइरहेको छ । निर्देशक दिनेश राउतले प्रदीपको चरित्र ‘मैतबहादुर’ झल्किने दुई तस्वीर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् ।

तस्वीरमा खड्का लामो कपाल पालेका, कालो टोपी पछाडि ढल्काएर लगाएका र पञ्चेबाजामा प्रयोग हुने प्रमुख बाजा ‘दमाहा’ बजाउँदै गरेको देखिएका छन् ।

निर्देशक राउतले फिल्मले जातीय विभेदविरुद्ध समाजका तीन पात्रले गर्ने साझा संघर्षको कथालाई उठान गरेको जनाउँदै त्यही कथाको एक पात्र प्रदीप रहेको बताए । फिल्मका लेखक विकास सुवेदी हुन् ।

फिल्ममा अन्जना बराइली, परीक्षा लिम्बू, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शंकर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको पनि अभिनय छ ।

धेरै पढिएका

पछिल्ला अपडेट