फिल्म ‘बद्री बहादुर’को गीत ‘पुलिस दाई’ सार्वजनिक

रंग नेपाल २०८० फागुन २८ मा प्रकाशित

काठमाडौं । आगामी चैत्र २३ गतेबाट रिलिज हुने फिल्म ‘बद्री बहादुर’को गीत ‘पुलिस दाई’ सार्वजनिक भएको छ ।

सोमबार सार्वजनिक गीतमा शिवम् अधिकारीको शब्द, टंक बुढाथोकीको संगीत तथा टंक र मिलन नेवारको स्वर छ ।

सार्वजनिक गीतमा कलाकार पूजा शर्मा र सलोन बस्नेतका साथमा फिल्मका मुख्य कलाकार जयकिसन बस्नेत, राजीव बस्नेत र छुल्ठिम गुरुङ फीचर्ड छन् ।

शिव विकको कोरियोग्राफी रहेको गीतलाई विनोद सापकोटाले छायांकन गरेका हुन् ।

सञ्चारकर्मी तथा चलचित्र विकास बोर्डका सदस्य रवि अधिकारी कार्यकारी निर्माता रहेको फिल्म एवी पिक्चर्स फार्म र सलोन सलिना फिल्मसको ब्यानरमा निर्माण भएको हो ।

विजय गोपाल दली प्रस्तुतकर्ता र मिथुन भोटे फिल्मको निर्मातामा छन् ।

शोभित बस्नेत निर्देशित फिल्ममा जय किसन बस्नेत, एलिना गुरुङ, छुल्ठिम गुरुङ, राजीवजंग बस्नेत, धिरेन शाक्य र वर्षा चौलागाईको मुख्य भूमिका छ भने विशेष भूमिकामा पूजा शर्मा, सलोन बस्नेत र निर्देशक बस्नेत स्वयं देखिएका छन् ।

फिल्ममा विनोद सापकोटाको छायांकन, टंक बुढाथोकी र उजन नेम्वाङको संगीत, रामकाजी घिमिरे लेखन, शिव बिकको नृत्य निर्देशन, शंकर महर्जनको द्वन्द्व निर्देशन तथा समिर मियाँको सम्पादन छ ।

आरआर फिल्म्सले वितरण गर्ने फिल्म काठमाडौं, लमजुङ, धरान र संखुवासभा क्षेत्रमा छायांकन गरिएको हो ।

धेरै पढिएका

पछिल्ला अपडेट