‘आरआरआर’को सिक्वेल बन्दै

रंग नेपाल २०८० चैत ५ मा प्रकाशित

मुम्बई । सन् २०२२ मो सुपरहिट बलिउड फिल्म ‘आरआरआर’को सिक्वेलको तयारी सुरु भएको छ । एसएस राजामौलीको फिल्म ‘आरआरआर’मा राम चरण, जुनियर एनटीआर प्रमुख भूमिका रहँदा अजय देवगन र आलिया भट्ट विशेष भूमिकामा थिए ।

बलिउडका व्यापार विश्लेषक तथा समीक्षक मनोबाला विजयबालनले ट्वीट गर्दै ‘आरआरआर’को सिक्वेलको तयारी भइरहेको जानकारी दिएका छन् ।

‘आरआरआरको सिक्वेल निश्चित भएको छ । फिल्मका निर्माता विजयेन्द्र प्रसादले रामचरण र जुनियर एनटीआरको ‘आरआरआर’को सिक्वेल बनाउने तयारी भइरहेको जानकारी दिएका हुन् । यो फिल्म हलिउड स्टाण्डर्डको हुनेछ ।

फिल्मको निर्देशन एसएस राजामौली वा उनको निगरानीमा अरु कसैले गर्नेछन् । ‘उनको ड्रिम प्रोजेक्ट ‘महाभारत’, महेश बाबूको जंगल एडभेन्चर फिल्म पुरा हुनासाथ सिक्वेलको काम सुरु हुनेछ’, मनोबालाले ट्वीट गरेका छन् ।

एक्सन प्याक्ड पेन इण्डियाको फिल्म ‘आरआरआर’लाई विश्वव्यापी सफलता मिलेको थियो । फिल्मको गीत ‘नाटू नाटू’ले ९५ औं ओस्कार अवार्डमा ‘बेस्ट ओरिजिनल सङ’को अवार्ड जितेको थियो ।

धेरै पढिएका

पछिल्ला अपडेट