३१ वर्षपछि ‘बाजीगर’ पुनः रिलिज हुँदै

रंग नेपाल २०८० चैत ९ मा प्रकाशित

मुम्बई । अभिनेता शाहरुख खान, अभिनेत्रीद्वय काजोल र शिल्पा शेट्टीको अभिनय रहेको फिल्म ‘बाजीगर’ पुनः रिलिज हुने भएको छ ।

सन् १९९३ मा रिलिज यो फिल्मले त्यो समयमा बक्सअफिस नै हल्लाइदिएको थियो । फिल्ममा शाहरुखले नकारात्मक चरित्र निर्वाह गरेका थिए । यो फिल्म अहिले ३१ वर्षपछि पुनः रिलिजको तयारीमा छ ।

फिल्मकी अभिनेत्री काजोलले आफ्नो इन्स्टाग्राम एकाउण्टमा फिल्मको पोस्टर शेयर गर्दै पुनः रिलिजको जानकारी दिएकी छन् ।

‘फ्ल्यासब्याक त्यो समयको, जब फिल्मले स्क्रिनमा जादु छरेको थियो । तपाईं सिनेपोलिसको रेट्रो फिल्म फेस्टिभलमा बलिउडको यो क्लासिक फिल्म ‘बाजीगर’का साथ ती दिनको सम्झना गर्न सक्नुहुन्छ, तपाईंको नजिक रहेको सिनेपोलिस थिएटरमा रिलिज ।’ इन्स्टाग्राममा काजोलले लेखेकी छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट