‘रामायण’का लागि शाकाहारी बने रणवीर

रंग नेपाल २०८० चैत १३ मा प्रकाशित

मुम्बई । बलिउड निर्देशक नितेश तिवारीको निर्देशनमा बन्न लागेको फिल्म ‘रामायण’मा अभिनेता रणवीर कपूर श्री रामको चरित्रमा देखिँदैछन् । यो फिल्मलाई लिएर फ्यानमाझ जबरदस्त क्रेज बनेको छ ।

फिल्मकै लागि रणवीरले अहिले विशेष किसिमको तालिमसँगै विभिन्न तयारी गरिरहेका छन् । यहीबीचमा रणवीरको एक तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेको छ । तस्वीरमा उनलाई ‘हेडस्टेण्ड’ गरिरहेको देख्न सकिन्छ । यो अभ्यासमा शीरको सहारामा शरीरलाई ठाडो बनाइन्छ । रणवीरले यस्तो अभ्यास पहिलोपटक गरेका छन् । तस्वीर उनको ट्रेनरले सामाजिक सञ्जालमा शेयर गरेका छन् । जहाँ रणवीर कालो सर्ट र फूल स्लीब्स टीसर्ट लगाएका छन् ।

फिल्मका लागि नितेशले डिक्सन(बोल्ने लवज) र संवादको विभाग नै बनाएका छन् । कलाकारका लागि पहिरनको काम पनि द्रुत गतिमा भइरहेको छ । हरेक चरित्रका लागि पहिरन निर्माणको काम भइरहेको छ । रणवीरले घण्टौंसम्म संवादको रिहल्सल सुरु गरिसकेका छन् ।

रणवीरले चरित्रकै लागि आफ्नो खानाको सेड्युल फेरिसकेका छन् । उनले मांसाहारी खाना छोडेर शाकाहारी खाना सुरु गरिसकेका छन् । भगवान श्रीरामको जस्तै शुद्ध र पवित्र अनुभव गर्नका लागि रात्रीकालिन पार्टीमा जाने छैनन् ।

फिल्मको सुटिङ आगामी वर्षबाट सुरु हुनेछ । फिल्ममा साई पल्लवीले सीताको भूमिका निभाउनेछिन् भने यशले रावण र सनी देओलले हनुमान चरित्र निभाउनेछन् । अमिताभ बच्चन भने दशरथ भूमिकामा हुनेछन् ।

धेरै पढिएका

पछिल्ला अपडेट