‘महाजात्रा’ले तीन दिनमा कति कमायो ?

रंग नेपाल २०८० चैत १३ मा प्रकाशित

काठमाडौं । नेपालसहित विश्वभर एकसाथ प्रदर्शनरत फिल्म ‘महाजात्रा’को तीन दिने कलेक्सन निर्माण पक्षले सार्वजनिक गरेको छ ।

निर्माण कम्पनी षट्कोण आर्टस्का अनुसार गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्मले आइतबारसम्म ४ करोड २६ लाख रुपैयाँको ग्रस कलेक्सन गरेको छ ।

निर्माण पक्षले पहिलो दिन १ करोड २३ लाख, दोस्रो दिन एक करोड ८२ लाख र तेस्रो दिन एक करोड २० लाख रुपैयाँको ग्रस कलेक्सन व्यापार गरेको जानकारी दिएको छ ।

निर्देशक तथा लेखक प्रदीप भट्टराईले फिल्ममार्फत दिईएको मनोरञ्जन र सन्देशलाई दर्शकले रुचाएको बताए । ‘हामी प्रदर्शनकै दिनदेखि हलमा पुगेर दर्शकसँग साक्षात्कार गरिरहेका छौँ । उहाँहरू मनोरञ्जनसँगै फिल्ममा उठान गरिएको राजनीतिक विषयसँग खुसी हुनुहुन्छ । फिल्म हेर्न हलसम्म परिवार नै आइरहनु भएको छ ।’ निर्देशक भट्टराईले भने ।

चैत ९ गतेदेखि नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन भइरहेको फिल्म दर्शकको भिडभाड हलमा देखिएको छ । दर्शकबाट शत प्रतिशत सकारात्मक ‘वर्ड अफ माउथ’ पाएपछि र परिवार नै दशक बनेर फिल्म हेर्न आएपछि प्रदर्शकले शो संख्यासमेत बढाएका छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट