‘डिग्री माइला : एमए थर्ड क्लास’लाई उच्च शो

रंग नेपाल २०८० चैत २९ मा प्रकाशित

काठमाडौं । यही शुक्रबारबाट रिलिज हुने फिल्म ‘डिग्री माइलाः एमए थर्ड क्लास’लाई थिएटरहरुले उच्च शो दिएका छन् ।

निर्देशक रामबाबु गुरुङ निर्देशित फिल्मलाई देशको ठूलो हल चेन क्यूएफएक्स बाहेक देशभर ९७ शो दिइएको छ । क्यूएफएक्सले ५८ शो दिइसकेको छ ।

हालसम्म फिल्मले देशभर कुल १ सय ५५ शो पाइसकेको छ । बाँसुरी फिल्मस्ले कबड्डी फिल्मस् तथा सुस्मा फिल्मस्सँग मिलेर निर्माण गरेको फिल्ममा दयाहाङ राई, आँचल शर्मा, विजय बराल, सोमनाथ खनाल, बुद्धि तामाङ, कमलमणि नेपाल, माओत्से गुरुङलगायतका कलाकारको अभिनय छ ।

फिल्ममा विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार र सुष्मा गुरुङ निर्माता तथा क्रिश लामा कार्यकारी निर्माता छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट