‘रामायण’को निर्माता बने यश

रंग नेपाल २०८१ वैशाख २ मा प्रकाशित

काठमाडौं । केजीएफ फेम यश नितेश तिवारीको फिल्म रामायणमा निर्माता बनेका छन् । उनले रामायणका लागि प्राइम फोकस स्टुडियोका मालिक नमित मल्होत्रासँग हात मिलाएका हुन् ।

यश यसअघि फिल्ममा अभिनेताका रूपमा जोडिएका थिए । यशले आफ्नो लामो समयदेखिको लक्ष्य भारतीय सिनेमालाई विश्व स्तरमा पुर्‍याउने फिल्म बनाउने रहेको बताए । यशले नमितसँग फिल्मको भिएफएक्सबारे छलफल गरेको बताए । नमितले यो चलचित्र निकै ठुलो बन्ने विश्वास व्यक्त गरे । नमित मल्टिपल एकेडेमी अवार्ड विजेता भिजुअल इफेक्ट कम्पनी डिएनइजीका ग्लोबल सीईओ पनि हुन् ।

यशले लस एन्जलसको भिएफएक्स स्टुडियो चलाउने व्यक्ति भारतीय (नमित मल्होत्रा) हो भन्ने थाहा पाउँदा निकै अचम्म लागेको बताए । यस फिल्मसँग नमित मल्होत्रा ​​पहिले नै जोडिएको खुलासा भएको छ । रामायणसँग यसअघि अभिनेताको रुपमा जोडिएको र अब फिल्ममा सह–निर्माताको जिम्मेवारी लिएको बताए ।

हालै रामायणको सुटिङसँग सम्बन्धित केही तस्वीरहरु भाइरल भएका छन् । तस्वीरमा अरुण गोविल रामको भूमिकामा देखिएका छन् । जहाँ लारा दत्त कैकेयीको भूमिकामा देखिएकी थिइन् । फिल्म सिटीमा गुरुकुलको सेट तयार भइसकेको छ ।

फिल्मको पहिलो शेड्युलमा राम, लक्ष्मण र भरतको बाल्यकालको भूमिका निभाएका बाल कलाकारहरू सुटिङमा देखिएका छन् । यसमा अभिनेता शिशिर शर्मा गुरु वशिष्ठको भूमिकामा देखिनेछन् । चाँडै रणवीर कपुरले पनि फिल्मको छायांकन सुरु गर्नेछन् ।

यस फिल्ममा रणवीर भगवान रामको भूमिकामा देखिनेछन् ।

रणवीरले भगवान रामको अभिव्यक्ति र भाषाशैलीलाई राम्रोसँग फिल्म गर्न आवाज र डिक्शन तालिम लिइरहेका छन् । साउथ अभिनेत्री साई पल्लवी सीताको भूमिकामा देखिनेछिन् । यशले यस फिल्ममा रावणको भूमिका निभाउने बताइएको भएपनि अहिलेसम्म स्पष्ट गरिएको छैन ।

धेरै पढिएका

पछिल्ला अपडेट