वेबसिरिज ‘साहु बा’को टिजर सार्वजनिक

रंग नेपाल २०८१ जेठ २८ मा प्रकाशित

काठमाडौं । वेबसिरिज ‘साहु बा’को टिजर सार्वजनिक गरिएको छ । सोमाबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच यो वेबसिरिजको टिजर सार्वजनिक गरिएको हो । चाँडै एपी वान टेलिभिजन र म्यजिक नेपालद्धारा सञ्चालित ओटिटी प्लेटफर्म ‘मोःमो म्युजिक एण्ड मूभिज’ एपमा रिलिज हुनेछ ।

यो सिरिजमा अभिनेत्री प्रियंका कार्की, कविता नेपाली, विजु पार्की, नम्रता श्रेष्ठ, छुल्ठिम गुरुङ, अमितेश शाह, अमित गिरी, सरिता गिरी, सुजय योङ, रमेश अधिकारी, प्रदीप बास्तोलालगायतका कलाकारको अभिनय रहेको छ । यो सिरिज नेपालमा नै पहिलो पटक मंहगो बजेटमा निर्माण गरिएको हो । अभिनेत्री प्रियंका कार्कीले सिरिजको लागि आफूले तीन वर्षभन्दा बढी समय दिएको बताउँछिन् ।

फ्रेम इन मोसन र म्युजिक नेपालको प्रस्तुतिमा निर्माण भएको सिरिजलाई अभिनेता आयुष्मान देशराज जोशीले संगम राई र अनिस तामाङसँग मिलेर खिचेका हुन् । २४ एपिसोड निर्माण गरिएको सिरिजमा तीन सय ५० बढी कलाकारले काम गरेको निर्माण टिमले जानकारी दिएको छ । त्यसका साथै हरेक एपिसोड १ घण्टा लामो रहेको छ । नेपालमा ठूलो बजेटमा पूर्ण रुपमा पहिलो पटक वेबसिरिज निर्माण गरिएको निर्माण कम्पनीले जानकारी दिएको छ ।

यो वेबसिरिजलाई नेपाल तथा भारतमासमेत चर्चित सुजय योङले निर्देशन गरेका हुन् । यो उनको नेपाली डेव्यु सिरिजसमेत हो । यो सिरिजको कथा, पटकथा तथा संवाद पनि निर्देशक योङले नै लेखेका हुन् । उनले लकडाउनको बेला यो सिरिजको स्कृप्ट तयार पारेका थिए । नेपालमा आफ्नो पहिलो प्रयास भएकाले यो सिरिजलाई दर्शकले मन पराउने विश्वास उनको छ । ‘यो एकदमै भिन्न कथा होइन् तर भिन्न तरीकाले देखाउने प्रयास गरेका छौँ ।’ निर्देशक योङले भने ।

‘साहु बा’ले प्रेम, विश्वासघात प्रतिसोधको कथा उठाएको छ । निर्माण टिमले यो सिरिजलाई एक्सन तथा क्राइम जनरामा निर्माण गरिएको बताएको छ । सिरिजमा प्रेम लामा र राजु तामाङको एक्सन, कुनाल कुँवरको कलर, सागर आले, मिस्टर डी र उजन शाक्यको गायन, श्रीजना पौडेलको मेकअप र राम प्रसाद चौधरी र चन्दन दत्तको सम्पादन रहेको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट