मेकअप आर्टिस्ट मनिषा सम्मानित

रंग नेपाल २०८१ असार २३ मा प्रकाशित

काठमाडौं । मेकअप आर्टिस्ट तथा ब्युटिसियन कमला श्रेष्ठ (मनिषा) सम्मानित भएकी छन् ।

१२औं नेपाल अफ्रिका फिल्म फेस्टिभल समापन समारोहमा उनी ‘राष्ट्रिय मेकअप आर्टिस्ट २०२४’बाट सम्मानित भएकी हुन् । नेपाली सौन्दर्यकला क्षेत्रमा पुऱ्याएको योगदानको उच्च कदर गर्दै उनलाई कार्यक्रमका प्रमुख अतिथि रक्षामन्त्री हरिप्रसाद उप्रतीले सम्मानित गरेका हुन् ।

श्रेष्ठ विराटनगरमा लामो समयदेखि मेकअप आर्टिस्ट तथा ब्युटिसियनको रूपमा सौन्दर्यकला क्षेत्रमा क्रियाशिल छिन् ।

ब्युटिसियन तथा मेकअपमा डिप्लोमा गरेर श्रेष्ठले मेकअप आर्टिस्ट तथा ब्युटिसियनको रूपमा जङ स्ट्रङ नेपाल, लेपोस युनिसेक्स सलुन, लोटस युनिसेक्स सलुनजस्ता विभिन्न सलुनमा सेवा गरिसकेकी छिन् ।

यसैगरी, श्रेष्ठ पछिल्लो समय फ्रिलान्सर मेकअप आर्टिस्टको रूपमा पनि सक्रिय छिन् । श्रेष्ठले नेपालका ब्युटिसियनहरूको प्रतिष्ठित राष्ट्रिय प्रतियोगिता ‘ब्युटिसियन ट्यालेन्ट नेपाल २०२३’को उपाधिसमेत जितेकी थिइन् ।

धेरै पढिएका

पछिल्ला अपडेट