काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका–६ स्थित सेतो गुम्बा यही जेठ ३ गतेदेखि सर्वसाधारणको खुला गरिएको थियो । १० दिनको लागि लागि मात्रै खुला गरिएको सेतो गुम्बामा आगन्तुकहरुको भीड लाग्नाले सडकमा ट्राफिक जामसमेत बढेको थियो । भीड थेगिनसक्नु भएपछि गत बिहीबार नै गुम्बा बन्द गरिएको छ । काठमाडौंको सीतापाइलाबाट करिब ३ किलोमिटर उत्तरमा अवस्थित पहाडको चुचुरोमा यो गुम्बा अवस्थित छ । यो गुम्बा स्वयम्भू चोकबाट १ घण्टाको पैदल यात्रामा पुग्न सकिन्छ ।