विष्णु माझीको नयाँ गीत ‘दुधै फाटेसी’ सार्वजनिक

रंग नेपाल २०८२ पुष २७ मा प्रकाशित

काठमाडौं । नेपाली लोक गीतसंगीतकी सफल गायिका विष्णु माझीको नयाँ गीत ‘दुधै फाटेसी’ सार्वजनिक भएको छ । राजनराज शिवाकोटीको शब्द, संगीतमा तयार भएको गीतमा विष्णुलाई राजनले नै गायकीमा साथ दिएका छन् ।

गीतमा श्याम श्वेत रसाइलीको एरेन्ज रहेको छ । यो गीत केही वर्ष अगाडी सार्वजनिक भैसकेको गीतको नयाँ भर्सन हो । गीतको पुरानो भर्सनमा विष्णु माझी र राजु परियारको स्वर रहेको थियो भने बीबी अनुरागीको एरेन्ज रहेको थियो । अब यो गीतलाई राजनराज शिवाकोटीले नयाँ शैलीमा तयार पारेर बजारमा ल्याएका छन् ।

गीतको भिडियो मौसम हिमालीको कोरियोग्राफी र निर्देशनमा तयार भएको छ । भिडियोमा राजनराज शिवाकोटी, सुनिशा बजगाई, प्रभातपल ठकुरी र जुना विश्वकर्मा फिचर रहेका छन् । पवन सुस्लिङ्गले छायांकन र सम्पादन भिडियोमा रहेको छ । गज्जवको टिभीबाट भिडियो रिलिज भएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट