सकियो ‘कार्की साइँला’को छायांकन

रंग नेपाल २०८२ चैत ५ मा प्रकाशित

काठमाडौं । फिल्म ‘कार्की साइँला’को छायांकन सकिएको छ । धनकुटाबाट छायांकन सुरु गरिएको यो फिल्मको सोमबार बराहक्षेत्रमा अन्तिम दृश्य खिचिएसँगै २१ दिनमा फिल्मको छायांकन सकिएको हो ।

राजेन्द्र बस्नेतको निर्देशनमा बन्न लागेको यो फिल्ममा जितु नेपाल (मुन्द्रे) र प्रियना आचार्य (मुन्नी)को प्रमुख भूमिका रहेको छ । फिल्ममा दुवैको श्रीमान्–श्रीमतीको भूमिका रहेको छ ।

कर्णबहादुर फिल्म्सको ब्यानरमा निर्माण भएको यस फिल्ममा सुशील पोखरेल, विरेन्द्र सिंह कुशहुवा, मान्शी शर्मा, रेणुका आचार्य, दिप्सन लिम्बू, रोदा राई, कमल देवकोटा लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ ।

फिल्मका निर्माता बालकुमार राई हुन् भने प्रस्तुतकर्तामा कृष्ण भगत चाम्लिङ रहेका छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट