मेलिना राईको स्वरमा ‘मायाको डोरी’ सार्वजनिक

रंग नेपाल २०८२ चैत ११ मा प्रकाशित

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा नयाँ लोक शैलीको गीत ‘मायाको डोरी’ सार्वजनिक भएको छ ।

गीतमा गायिका मेलिना राई र गायक गोपाल नेपाल जीएमको स्वर रहेको छ । गीतमा शब्द रचना नरेश एमसीले गरेका छन् भने संगीत संयोजन राजु आर्यालको रहेको छ । गीतको अडियो तथा भिडियो ‘नरेश एमसी अफिसियल’ मार्फत सार्वजनिक गरिएको हो ।

गीतलाई केशव बडुले एरेन्ज गरेका हुन् भने मिक्सिङ तथा मास्टरिङ कुमार रानाले गरेका छन् । मौलिक ढाँचामा तयार गरिएको गीतमा सहर रहेको मायालु जोडि र गाउँमा रहेकी प्रेमी प्रेमिका विचको भावनात्मक प्रेम प्रसङ्गलाई गीतमा समेटिएको छ ।

प्रेम भावमा आधारित गीत ‘मायाको डोरी’ दर्शक तथा श्रोतामाझ लोकप्रिय बन्ने अपेक्षा गरिएको छ । भिडियोतर्फ दीपक गिरीको छायाँकन, नवीन घर्ती मगरको सम्पादन एवम् कोरियोग्राफी तथा निर्देशन मुकेश नेपालीले गरेका छन् । नरेश एमसी र डेबिका कार्कीको अभिनय देख्न सकिन्छ ।

धेरै पढिएका

पछिल्ला अपडेट