ऐतिहासिक चलचित्रलाई बचाउँन सके इतिहास बाच्छ: खरेल

रंग नेपाल २०७९ फागुन २१ मा प्रकाशित

काठमाडौं । चलचित्र निर्देशक एवम् साहित्यकार यादव खरेलले ऐतिहासिक चलचित्रलाई बचाउँन सके मात्र इतिहास बाच्ने टिप्पणी गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित ‘योगमाया’ नामक मानव शास्त्रीय अनुसन्धान मुलुक चलचित्र तथा ‘नुभिव फाउण्डेशन’ सामाजिक संस्था घोषणा कार्यक्रममा बोल्दै उनले ऐतिहासिक चलचित्र हाम्रो सभ्यता, भाषा,धर्म, तथा मूलुकसँग गाँसिने हुँदा चलचित्रलाई बचाउँन सके मात्र इतिहास बचाउँन सकिने बताएका हुन् ।

उनले भने ‘ऐतिहासिक चलचित्रलाई बचाउँनसकेमा हाम्रो इतिहास बच्छ हाम्रो जिवन भनेको एउटा कालखण्डमा जान्छ, मर्छ अर्को आउँछ पुस्तानतरण हुन्छ, तर हाम्रो सभ्यतासँग, भाषा, जिवन, मुलुक, धर्म र संस्कृतिसँग गाँसिएको छ त्यसैले संरक्षण गर्नुपर्छ ।’

उनले यस्तो वायोपिक चलचित्र बनाउँन अत्यन्तै कठिन हुने भएकाले चलचित्र विकास बोर्ड र संस्कृति मन्त्रालयले यस्तो काममा सहयोग गर्नुपर्ने बताए ।

धेरै पढिएका

पछिल्ला अपडेट