‘नाइँ नभन्नु ल ६’ को गीत ‘दिउँला माया’ सार्वजनिक

रंग नेपाल २०७९ चैत १ मा प्रकाशित

काठमाडौं । आगामी वैशाख १ गते प्रदर्शनको तयारीमा रहेको फिल्म ‘नाइँ नभन्नु ल ६’ को गीत ‘दिउँला माया’ सार्वजनिक गरिएको छ ।

गीतको भिडियोमा आँचल शर्मा र डेब्यु ब्वाय आशीर्वाद बरालको अभिनय रहेको छ । बेनिशा पौडेल र शरद शङ्करको स्वर रहेको गीतमा गायक शङ्करकै सङ्गीत छ ।

यस्तै फिल्ममा केकी अधिकारी, प्रियंका कार्की, सरोज खनाल लगायतको अभिनय छ । फिल्मलाई विकास आचार्यले निर्देशन गरेका हुन् ।

धेरै पढिएका

पछिल्ला अपडेट