‘सिल्ली फो’ गीतमा केकीको नृत्य

रंग नेपाल २०७९ जेठ १६ मा प्रकाशित

राज बहादुर साने निर्देशित चलचित्र ‘सिल्ली फो’को गीत सार्वजनिक गरिएको छ । ‘ए दिल तँ बोल’ बोलको डान्सिङ नम्बरमा पुरुषोत्तम न्यौपानेको संगीत तथा दिनेश सुवेदीको शब्द रचना छ भने रचना रिमाल र संगीतकार न्यौपानेको स्वर छ । शिव विकले कोरियोग्राफी गरेको गीतको भिडियोमा केकी अधिकारी, धिरेन शाक्य, रवीन्द्र झा, राजाराम पौडेल, दिनेश रेग्मी लगायत फिचर छन् ।

आगामी असार ३१ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रमा दिनेश रेग्मी, भुगोल कार्की, रमेश बजगाईं, अनिता लामिछाने, दीपक थापा, पुर्णचन्द्र पोखरेल (मामाजी), अनिता श्रेष्ठ, सरस्वती रम्जाली मगर, रेजिना थापा, राज गौतम (केशव), अम्बर बहादुर विष्ट (सागर), सौजन बोहोरा जयमन बिश्वकर्मालगायतको पनि अभिनय छ । मनोज डिके निर्माता रहेको चलचित्रमा विशाल श्रेष्ठ सह-निर्माता छन् ।

चलचित्रमा दिव्य सुवेदी, वीरेन्द्र परियार, नरेन्द्र आलेको छायांकन, देव महर्जनको द्वन्द्व, शिव विकको कोरियोग्राफी, पुरुषोत्तम न्यौपानेको संगीत, तारा थापा ‘किम्भे’को सम्पादन, अनन्त घिमिरेको कलर, मदन बाँस्तोलाको भीएफएक्स छ । चलचित्रको वितरणको जिम्मा श्रीराम बालाजी फिल्मसले लिएको छ भने डिजिटल राइट्स साइराम पिक्चर्सले किनेको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट