मनोज पान्डेमाथी अर्की युवतीले पनि लगाईन् बलात्कारको आरोप

रंग नेपाल २०७९ जेठ १६ मा प्रकाशित

काठमाडौं। ब्युटी पेजेन्टका आयोजक मनोज पान्डेलाई आठ बर्ष पुरानो नाबालिग प्रतियोगी यौन शोषणको आरोप लागेको बेला उनिमाथी अर्की एक युवतीले पनि सोहि प्रकृतिको आरोप लगाएकी छन् ।

प्रतियोगिताको नाममा बलात्कार गरेको भन्दै थप एक युवती पनि प्रहरीको सम्पर्कमा पुगेको बताईएको छ । एकजना पीडित युवती उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरको सम्पर्कमा पुगेकी छन् भने अन्य दुईजना युवतीले पनि प्रहरीलाई सम्पर्क गरेको र उनिहरुलाई अनुसन्धानको लागि बोलाईएको समाचार प्राप्त भएको छ ।

सन् २०१४ मा आयोजित मिस ग्लोबल इन्टरनेशनल नामक सौन्दर्य प्रतियोगिता सकिएपछि सक्सेस पार्टीका लागि भन्दै प्रतियोगीलाई बानेश्वरको एभरेष्ट होटलमा बोलाएर बलात्कार गरेको आरोप यसअघि कलाकार समेत रहेकी एक युवतीले लगाएकी छन् । आयोजक पान्डेले तस्वीर र भिडियो खिचेर छ महिनासम्म ब्ल्याकमेल गर्दै जबरजस्ती करणी गरेको आरोप छ । संसदको निर्देशन पछि छानविन समिति बनाई पान्डेलाई पक्राउ परिसकेका छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट