मिर्गौला रोगीलाई क्यान्सरको जोखिम उच्च: अध्ययन

रंग नेपाल २०७९ जेठ १७ मा प्रकाशित

हल्कादेखि मध्यम दीर्घकालीन मिर्गौला रोग (सीकेडी) भएका व्यक्तिहरू र मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिहरूलाई क्यान्सरको जोखिम उच्च भएको एउटा नयाँ अनुसन्धानले देखाएको छ । कतिपय अवस्थामा सीकेडी भएका व्यक्तिहरूलाई निश्चित क्यान्सरका कारण मृत्युको उच्च जोखिम हुने अध्ययनमा उल्लेख छ । 

अमेरिकी जर्नल अफ किड्नी डिजिजमा हालै प्रकाशित सो अध्ययनले सीकेडीको प्रभावबारे कम थाहा भएको विषयलाई बाहिर उजागर गरेको छ । अध्ययन लेखकहरूका अनुसार ह्दयसम्बन्धी रोगलाई परम्परागत रूपमा किड्नी रोगको जोखिमसँग जोडेर हेरे पनि क्यान्सरबारे भने खासै उल्लेख गरिएको थिएन ।

‘किड्नी रोगका ठूलो संख्याका बिरामीमा क्यान्सर मात्र देखिएको छैन्, उनीहरूमा क्यान्सको नराम्रो परिणाम देखिएको छ’, टोरन्टो विश्वविद्यालयका नेफ्रोलोजिस्ट तथा अध्ययनका प्रमुख लेखक अभिजात किचलुले भने ।

‘बारम्बार निदानबाहेक यी बिरामीहरूले सामान्य मृगौला भएका मानिसहरूको तुलनामा नराम्रो प्रतिकृया देखाए’, उनले थपे । 

धेरै पढिएका

पछिल्ला अपडेट