वीर दासलाई कोरोना पोजिटिभ, आफ्नो आगामी शो रद्द गर्ने

रंग नेपाल २०७९ असार १ मा प्रकाशित

हास्यकलाकार वीर दासको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा यो जानकारी शेयर गर्दै अभिनेताले कोभिड–१९ र्‍यापिड टेस्टिङ किटको तस्विर शेयर गरेका छन् ।

र्‍यापिड टेष्टिङ रिपोर्टअनुसार मलाई कोरोना पोजेटिभ आएको उनले बताए । अब आरटीपीसीआर परीक्षण गराउन लागिएको हो । पोष्टमा, वीरले आफ्ना फ्यानहरूसँग माफी मागेका छन् किनभने उनले कोरोना महामारीका कारण आफ्नो आगामी शो रद्द गर्नु परेको छ।

धेरै पढिएका

पछिल्ला अपडेट