वेब सिरिज ‘सन्ध्या’को निर्माण घोषणा

रंग नेपाल २०७९ असार ५ मा प्रकाशित

रामजी राउतको निर्देशनमा वेब सिरिज ‘सन्ध्या’काे निर्माण घोषणा गरिएको छ। आइतबार भद्रकाली मन्दिरमा शुभमुहूर्त गर्दै वेब सिरिज सन्ध्या निर्माण घोषणा गरिएको हो।

सोमबारबाट मकवानपुरको चित्लाङमा छायांकन हुने सिरिजमा निर शाह, शोभित बस्नेत, दयाराम दाहाल, गीता नेपाल, सरिता भण्डारी, लक्ष्मीनाथ शर्मा, धर्मेन्द्र आचार्य, भिमा मैनाली, सुन्दर लामिछाने, आशा पाण्डे र बालकलाकार एलेक्स खड्काको अभिनय रहनेछ।

सुदिप कँडेल र कृष्ण कार्कीले निर्माण गरेको सिरिजमा जया ओझाको लेखन रहेको छ। राहुल राईले छायांकन गर्ने सिरिजलाई नविन निरौलाले सम्पादन गर्नेछन्।

धेरै पढिएका

पछिल्ला अपडेट