अभिनेत्री रश्मिरेखाले झुण्डिएर गरिन् आत्महत्या, बुबाले लिभ इन पार्टनरमाथि लगाए आरोप

रंग नेपाल २०७९ असार ७ मा प्रकाशित

२३ वर्षीया अभिनेत्री रश्मिरेखा ओझाको भाडाको घरमा झुण्डिएको अवस्थामा शव फेला परेको छ । प्रहरीले अभिनेत्रीको सुसाइड नोटका आधारमा घटनाको अनुसन्धान गरिरहेको छ ।

मनोरञ्जन जगतबाट एउटा दुखद खबर बाहिर आएको छ । ओडिशा उद्योगकी चर्चित अभिनेत्री रश्मिरेखा ओझाले आत्महत्या गरेकी छन् । २३ वर्षीया नायिकाको भुवनेश्वरको नयाँपाली क्षेत्रमा भाडाको घरमा पंखामा झुण्डिएको अवस्थामा शव फेला परेको थियो ।

प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको र आत्महत्याको कारण भने खुल्न सकेको छैन । मिडिया रिपोर्टका अनुसार अभिनेत्रीका बुवाले यस मामिलामा लिभ इन पार्टनर संलग्न भएको आशंका व्यक्त गरेका छन् ।

असार १८ को घटना

घटना १८ जुनको बताइन्छ। शनिबार आफ्नी छोरी रश्मीलाई धेरै फोन गरे तर कुनै प्रतिक्रिया नआएको अभिनेत्रीका बुबाले बताए । पछि रश्मीका प्रेमी सन्तोषले उनलाई मृत्युको जानकारी दिए ।

घटनास्थल पुगेपछि घरधनीबाट रश्मी र सन्तोष त्यही घरमा श्रीमान्–श्रीमती भएर बस्दै आएको थाहा पाए । यसबारे उनलाई कुनै जानकारी थिएन, त्यसपछि उनले सन्तोषमाथि शंका व्यक्त गरेका थिए ।

प्रहरीले सुसाइड नोट फेला पारेको छ

प्रारम्भिक अनुसन्धानमा आत्महत्याको कारण खुल्न नसकेको तर अभिनेत्रीको लिभ इन रिलेसनसिपसँग जोडिएको बताइएको छ । रिपोर्टका अनुसार प्रहरीले अभिनेत्रीको घरबाट सुसाइड नोट पनि फेला पारेको छ । अभिनेत्रीले सुसाइड नोटमा कसैलाई दोष दिएकी छैनन् । प्रहरीले अनुसन्धान थालेको छ

धेरै पढिएका

पछिल्ला अपडेट