फेसबुक, गुगल र ट्वीटरलाई किन जरिवाना गर्दै छ जापान ?

रंग नेपाल २०७९ असार ७ मा प्रकाशित

जापान सरकारले विभिन्न ४८ वटा ठूलो प्रविधि कम्पनीहरुमाथि जरिवाना गर्ने तयारी गरेको छ । मुलुकमा आफ्नो कार्यालय नराखेको भन्दै जापानले फेसबुकको मातृ कम्पनी मेटासँगै गुगल र ट्वीटर लगायतका कम्पनीलाई जरिवाना गर्ने भएको हो ।

जापानले उल्लेखित विश्वस्तरीय कम्पनीहरुलाई आफ्नो मुलुकमा कार्यालय स्थापना गर्नका लागि गत मार्च सम्मको समय दिएको थियो । जापान सरकारको त्यस्तो निर्देशनलाई अवज्ञा गरेको र जापानमा दर्ता भएर कार्यालय स्थापना नगरेको भन्दै ४८ वटा विदेशी प्रविधि कम्पनीहरुमाथि कारवाही गर्ने जापानले निर्णय गरेको हो ।

आफ्नो मुलुकमा समेत सेवा प्रदान गरिरहेका विश्वस्तरीय प्रविधि कम्पनीहरुले जापानमा कार्यालय स्थापना गरेमा उपभोक्ताहरुलाई कुनै समस्या पर्दा उजुरी गर्न सजिलो हुने र उपभोक्ताको सुरक्षाको लागि त्यस्ता कम्पनीको सही रुपमा दर्ता आवश्यक हुने जापान सरकारको भनाई छ ।

 

धेरै पढिएका

पछिल्ला अपडेट