भारतीय फिल्म कम्पनीसँग विनय श्रेष्ठले गरे सहकार्य

रंग नेपाल २०७९ असार ८ मा प्रकाशित

‘रेशम फिलिली’ फेम्ड अभिनेता विनय श्रेष्ठले भारतमा नेपाली फिल्मको वितरणदेखि निर्माणमा संयुक्त लगानी थालेका छन् ।

उनको कम्पनी भी मोसन पिक्चर्सले भारतस्थित नेपालीभाषी बहुल क्षेत्रमा नेपाली फिल्म वितरण थाल्ने भएको छ । जसअनुसार भारतीय कम्पनी द आर्ट ब्यारिअर्ससँग सम्झौता भएको छ ।

सहमतिअनुसार सौगात मल्ल स्टारर फिल्म मन्त्रलाई भारतमा प्रदर्शन गरिने भएको छ भने भारतमा निर्माण भएको फिल्म ‘ज्यूँदो’लाई दशैंपछि नेपालमा रिलिज गर्ने तयारी छ । अहिले भारतको सेन्सर बोर्डबाट मन्त्रलाई जाँचपास गर्ने तयारी सुरु भएको र त्यसपछि रिलिज मिति तय गर्ने विनयले जानकारी दिए ।

‘भारतस्थित नेपालीभाषी बस्ने ठाउँ नेपाली फिल्मको ठूलो बजार हो । म कालिम्पोङ बस्दादेखि नै त्यो परिस्थिति देखेको छु,’ विनय भन्छन्, ‘उनीहरु युट्युक रिलिज कुरेर बस्छन् । हामीले सेम–डेट रिलिज गर्न सकियो भने हामीलाई फाइदा हुन्छ,’ उनले भने ।

अहिले भी मोसन पिक्चर्सले पानीफोटो, प्रकाश, दुई नम्बरीलगायतका फिल्मको प्रदर्शन अधिकार लिन पहल गरिरहेको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट